जो बाइडेन र भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी निर्वाचनका क्रममा रुसले दख्खल दिएकोलगायतका विषयमा छलफल गर्न बाइडेनले पुटिनलाई फोन गरेको ह्वाइटहाउसले जनाएको हो । बाइडेन र पुटिनबीचको टेलिफोन वार्तामा हाल रुसमा नाभाल्नी पक्राउको विषयलाई लिएर भइरहेको विपक्षीको प्रदर्शनका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । यस्तै अमेरिका र रुसबिच परमाणु हतियारका सम्बन्धमा भएको सम्झौतालाई कायम राख्नेबारे पनि दुई नेताबिच कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । रुसले जारी गरेको वक्तव्य अनुसार राष्ट्रपति पुटिनले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनले बधाई तथा शुभकामना दिएको उल्लेख छ । दुवै पक्षबिच सम्पर्क तथा सम्बन्ध कायम राख्ने सहमति भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुटिनप्रति नरम भएको आरोप लाग्दै आएको थियो । बाइडेन उपराष्ट्रपति रहेका बेला राष्ट्रपति बाराक ओबामाले पनि रुसलाई जिम्मेवार बनाउन प्रभावकारी कमद नचालिएको अभियोग लागेको थियो । सन् २०१६ को चुनावमा रुसी दखल भएको आरोप थियो, जुन रुसले अस्वीकार गरेको थियो । यसअघि बाइडेनले जर्मनी, क्यानडा, बेलायतलगायका मुलुकका सरकार प्रमुखहरुसँग टेलिफोन संवाद गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie