जोय फाउण्डेसनद्धारा देशका विभिन्न जिल्लामा अक्सिजन कन्सनट्रेटर सहयोग

काठमाडौँ-जोय फाउण्डेसनद्धारा अक्सिजन कन्सनट्रेटर सहयोग जोय फाउन्डेशनले देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

फाउन्डेशनले मिलारेपा मेडिटेशन सेन्टर साँखु, ताइवान एल आइ एम च्यारिटेवल फाउन्डेशन र ताइवान एल आइ एम बुद्धिष्ट सोसाइटी सँगको सहकार्यमा देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुलाई १०० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो । स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर पु¥याउन लागिएको फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ बताए ।

नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, कास्की, काठमाडौं, बर्दिया, गण्डकी, साँखु, ललितपुर, बाग्लुङ, भक्तपुर र मकवानपुरका अक्सिजन अभाव भएका विभिन्न स्वास्थ्यसंस्थाहरुमा कन्सनट्रेटर दिइएको जोय फाउन्डेशन जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie