सदनमा दिएको अभिव्यक्तलाइ लिएर महिला सांसदको भनाभन (भिडियो)

हिन्दी भाषामा बोल्ने सांसदहरुमाथि भेदभाव गरेको आरोप

काठमाडौ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलेले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सदनको ध्यानाकर्षण गराएकी छिन । प्रतिनिधिसभाको आजको बैठकमा उनले जेष्ठ १९ गते आफ्नो अनुपस्थितिमा नेकपा सांसद गंगा चौधरीले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन सभामुखसँग माग गरेकी हुन । सांसद गिरिले अभिव्यक्तिलाई आधार मानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराएकी छिन ।
सांसद अमृतादेवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने बताइन । अग्रहरीले हिन्दी भाषामा बोल्ने सांसदहरुमाथि भेदभाव गरिदै आएको आरोप समेत लगाइन ।
अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित गंगा चौधरीको नाम नै किटान गरेर अभिव्यक्ति दिईएको भन्दै आपत्ती जनाएका थिए । जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद चौधरीले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाएका हुन ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie