जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह

काठठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । प्रशासनद्वारा जारी विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायत कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन अनुरोध गरिएको छ । कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie