जातको कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

काठमाडौ । जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी बुधबार रिहा भएकी छन्।

प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा अदालतमा नलिई रिहा गरिदिएको हो ।

पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

तपाईको प्रतिक्रिया

Techie