जलस्रोत तथा सिंचाई विकासमा अनियमितता

उदयपुर । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले योजनामा लक्षीत वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको पाइएको छ । बरुवाखोला मुहान भइ असारी–भुसुने सिचाइ योजना मर्मतको नाममा कार्यालयले लक्षित वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको हो 

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय उदयपुरले योजनामा लक्षीत वर्गको प्राथमिकता भन्दा बाहिर काम गरेर बजेटको दुरुपयोग गरेको पाइएको छ । कार्यालये नहरको माथिल्लो भेगमा मर्मत आवश्यक हुँदाहुदै नहरको पानी नपुग्ने पुछार भागमा आरसिसि ढलानसहितको काम भइरहेको छ । आम उपभोक्ताको हित विपरित सजिलो ठाउँमा असारीको पूर्वपश्चिम राजमार्गको कालोपत्रे सडक मुनी आरसिसि ढलान सहितको काम भईरहेको छ ।

४ लाख ८२ हजार ४ सय ९० रुपैया लगत इस्टिमेटको मर्मत कार्य कोटेशनमार्फत एक कन्स्ट्रक्सनलाई ४ लाख ८१ हजार ९ सय ७१ रुपैयामा काम दिइएको छ । ५ लाख भन्दा कम बजेटको योजना कार्यालय प्रमुखले कोटेशन मार्फत काम गराउन सक्ने प्रावधान रहेको भएपनि त्यो काम लक्षित वर्गको उच्चतम हितमा हुन जरुरी छ । नहरको माथिल्लो विभिन्न भागमा कमजोर ठाउँ रहेको र ती ठाउँहरुमा माटो र बोरा राखेर पानी ल्याउने काम भईरहेको छ, तर सरकारी बजेट भने अनावश्यक ठाउँमा लगाएर दुरुपयोग भएको उपभोक्ताहरुको आरोप छ ।

कार्यालय प्रमुखको मनोमानीबाट काम हुँदा लक्षितवर्गको ठूलो हिस्सा सरकारी बजेटबाट बन्चित भएको उपभोक्ताहरुको गुनासो छ । सरकारी बजेट एक रुपैया भएपनि लक्षित क्षेत्रका नागरिकहरुको हक, अधिकार लाग्ने गर्छ तर, त्यहाँ के कति बजेटमा कसले काम गरिदैछ भन्ने पारदर्शितासमेत नभएको उनीहरुको भनाई छ ।

उपभोक्ताहरुको संस्था नविकरण नरहेको र तल्लो भेगको उपभोक्ताहरुबाट माग आएकोले कोटेशनमार्फत काम गरिएको र आगामी दिनमा माथिल्लो भेगको समस्यालाई हेरी काम गरिने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको भनाई छ ।

भुसुने–असारी जल उपभोक्ता संस्था नविकारण नभएको कारण कार्यालयले कोटेशनमार्फत काम गराएको जनाएको छ । संस्था नविकरण नभएपनि योजनाको तल्लो, मध्य र माथिल्लो सबै भेगका उपभोक्ताहरुलाई पारदर्शीढंगले समेटेर काम नगराउदा विवाद समेत आएको छ ।

हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया

Techie