जर्मनीले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने

एजेन्सी : जर्मनीले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने भएको छ । सामाजिक दूरीसहितका नियमहरु कम्तिमा मे ३ तारिखसम्म कायम रहने गरी लकडाउन खुकुलो पार्न लागिएको हो ।

जर्मन चान्सलर आंगेला मर्केलले आउँदो हप्तादेखि केही पसलहरु खुला हुने जानकारी दिएकी हुन । कडा नियमका कारण महामारी नियन्त्रणको दिशामा देश गएको उनको भनाइ छ ।

धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रमहरु आउँदो अगस्ट ३१ सम्म बन्द हुने मर्केलले जानकारी दिइन । रेस्टुरेन्ट, फिल्म हल तथा सांगीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै रहनेछन ।

जर्मनीमा अहिलेसम्म एक लाख २७ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ । संक्रमणवाट ३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie