जर्मनीद्धारा नेपाललाइ स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौ । जर्मनीले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

जर्मनीले सहयोग गरेको स्वास्थ्य सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४०० वटा गम बुट, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख, ३० हजार सर्जिकल मास्क र २५ हजार लिटर ह्यान्ड सेनिटाइजर रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie