जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

  मुख्य मन्त्री गुरुङको सरकार अल्पमतमा

काठमाडौ ।राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । चित्रबहादुर केसी नेतृत्वको राजमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । बुधबार जनमोर्चाका अध्यक्ष केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । उनले मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आए पनि जनमोर्चाको समर्थन रहने पनि प्रष्ट्याएका छन् । तर त्यो सरकारमा आफूहरु सहभागी भने नहुने उनले बताएका छन् । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तीन प्रदेश सभा सदस्य छन् ।

तपाईको प्रतिक्रिया

Techie