जनमत अनुसार कांग्रेस पाँच वर्षसम्म विपक्षमा रहने : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई पाँच वर्षसम्म विपक्षमा रहने जनमत प्राप्त भएको हुँदा सरकारमा सहभागी हुने प्रयास गर्न नहुने बताएका छन्। पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुसँग विवाद बढेपछि प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारमा साझेदारी गर्ने प्रस्तावसहित कुराकानी बढाएको चर्चा चलेपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन । उनले ट्विट गर्दै पाँच बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश भएकाले कांग्रेस कुनैपनि भडकाववाट टाढा रहने जनाएका हुन । नेकपाको द्वन्द्वसंग कांग्रेस निरपेक्ष रहने भन्दै शर्माले यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता नहोस भन्दै सजग समेत गराएका छन । सामाजिक सञ्जालमा कांग्रेसका अन्य नेताहरुले पनि सरकारमा सहभागी हुने खेलमा नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन ।

तपाईको प्रतिक्रिया

Techie