जथाभावी समाचार रोक्न भारत सरकारलाई कूटनीतिक नोट

काठमाडौ । भारतीय मिडियामा प्रधानमन्त्री केपी ओलीका विषयमा प्रकाशित र प्रसारित समाचारलाई लिएर सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । नेपाल सरकार, प्रधानमन्त्री र नेपालका नेताहरुको बारेमा जथाभावी समाचार प्रकाशन र प्रसारण गरेपछि त्यसलाई रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयले आज कुटनीतिक नोट पठाएको हो । नोटमा नेपालका विषयमा जथाभावी लेख्ने भारतीय मिडियाविरुद्ध तुरुन्त कदम चाल्न र त्यस्ता सामग्रीहरूले मिडियामा ठाउँ नपाउने कुराको ग्यारेन्टी गर्न माग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले पछिल्लो समय केही भारतीय मिडियामा प्रकाशित र प्रसारित सामाग्रीहरू निराधार र अपमानजनक रहेको जनाएको छ । भ्रामक समाचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिरो चोट पु¥याएको समेत कूटनीतिमा नोटमा जनाइएको छ । कूटनीतिक नोटमा नेपाल र भारतबीच द्वीपक्षीय सम्बन्धको लामो इतिहास रहेको र सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध विशेष खालको रहेको स्मरण गरिएको छ । कुटनीतिक नोटमा स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक रेडलाइनको सीमा नाघ्नु नहुने पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie