च्याम्पियन्स लिगमा टोटनह्यामको अप्रत्यासीत हार

एजेन्सी : च्याम्पियन्स लिग फुटबलमा टोटनह्यामले अप्रत्यासीत हार ब्यहोरेको छ । गएराति भएको लेगको पहिलो खेलमा टोटेनह्यामलाई आरबी लिपजिगले १-० ले हराएको हो । लिपजिगका लागि टिमो वार्नरले पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो ।

कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण खेलमा सहभागि नहुँदा टोटनह्यामले हार ब्यहोरेको हो । घरेलु मैदानमै पराजित भएपछि टोटनह्यामको अघिल्लो चरण प्रवेश कठिन भएको छ । दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie