चुनावमा धाँधली भएको भन्दै ट्रम्पको समर्थनमा प्रदर्शन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका हजारौँ समर्थकले सडकमा प्रदर्शन गरेका छन् । वासिङ्गटन डिसीमा ट्रम्पका समर्थकहरुले चुनावमा धाँधली भएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रमाण बिना धाँधलीको आरोप लगाएका ट्रम्पको समर्थन गर्दै उनका शुभेच्छुकहरु सडकमा आएका हुन् । झण्डासहित भएको प्रदर्शनमा दक्षिण पन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो ।

केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रुफ भेस्ट समेत लगाएका थिए । प्रदर्शनकारीहरुले ‘मेक अमेरिका ग्रेट अगेन’ को सर्ट फम ‘मागा’ लेखिएको ह्याट समेत लगाएका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् उनले ३ सय ६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्प चार वर्ष पहिले त्यति नै मत पाएर विजयी भएका थिए । वर्तमान राष्ट्रपति ट्रम्पले भने अझैसम्म हार स्वीकार गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

Techie