चीन चन्द्रमामा झण्डा फहराउने दोस्रो मुलुक बन्यो

चीन चन्द्रमामा झण्डा फहराउने दोस्रो मुलुक बनेको छ । चीनको अन्तरिक्ष संस्था चाइनाज नेसनल स्पेस एड्मिनिसट्रेसनले चीनको झण्डा चन्द्रमामा फहराएको तस्बिर सार्वजनिक गरेको हो । यसअघि ५० वर्षभन्दा अगाडि अमेरिकाले चन्द्रमामा पहिलोपटक झण्डा फहराउन सफल भएको थियो । अमेरिकाले सन् १९६१ मा चन्द्रमामा झण्डा फहराएको थियो । हाल चीनको अन्तरिक्ष यान चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न चन्द्रमामा पुगेको छ। चन्द्रमामा चाङ’ इ अभियान अन्तर्गत गएको यानले नमुना संकलन गरिसकेको छ । चिनिया यान पृथ्वीमा फर्कने तयारीमा रहेको चाइनाज नेसनल स्पेस एड्मिनिसट्रेसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie