चीनले कोरोनाबाट मृत्यु हुनेको संख्या संशोधन ग-यो, मृतकको संख्या १२ सय ९० थपियो 

कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको वुहान शहरमा मृत्यु हुनेको संख्या संसोधन भएको छ । वुहानमा मृत्यु हुनेको संख्या पहिले बताइएभन्दा पचास प्रतिशत धेरै रहेको चीनले जनाएको हो । अस्पताल बाहिर भएका मृत्युको अद्यावधिक विवरण भन्दै वुहानमा १ हजार २ सय ९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेको तथ्याङ्कमा थप गरिएको हो । योसँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीले यथार्थ विवरणलाई कतै नलुकाइएको दावी गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले तथ्यांक लुकाएको आरोप लगाइरहेको समयमा मृतकको संख्या दोब्बर रहेको विवरण सार्वजनिक भएको हो । भाइरस संक्रमणपछि वुहानका एक करोड १० लाख बासिन्दलाई करिव ११ हप्ता लकडाउनमा राखिएको थियो । चीनमा कोरोना भाइरसवाट ८२ हजार भन्दा बढी संक्रमित भएका थिए । तिमध्ये ७८ हजार निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

Techie