चीनमा विद्यार्थी चढेको बस तालमा खस्यो, २१ जनाको मृत्यु

एजेन्सी : चीनमा परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस तालमा खसेर दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । थप १५ जना घाइते भएका छन् । विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटना भएको हो ।

बस बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएर तालमा खसेको हो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie