चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

 

चीन : चीनमा कोभिड–नाइन्टिन अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र अन्य देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । हिजो मात्र एक सय ३६ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको संख्या घटिरहेको भनिए पनि हिजो ज्यान गुमाउनेको संख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७५ हजार नाघेको छ । यसैबीच चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ । अध्ययनमा धेरैजसो सङ्क्रमित मानिसमा मध्यमस्तरको सङ्क्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie