चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने सरकारको तयारी

काठमाडौं : नेपालले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोरोना भाइरस संक्रमण विरुद्धको खोपलाई पनि नेपालले स्वीकृति दिने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागले चीनको सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको हो ।

सरकारले भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिइसकेको छ । भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपतकालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

चिनियाँ खोप साधारण रेफ्रिजेरेटरमा दुई देखि आठ डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्न सकिन्छ । सिनोफार्मको खोप ७१ प्रतिशत प्रभावकारी देखिएको दाबी चीनले गर्दै आएको छ ।

एकदमै चिसो तापक्रम कायम गर्ने सीमित क्षमता भएका विकासशील देशहरूका लागि यो खोप बढी प्रभावकारी हुनसक्छ ।

अन्य देशले फाइजर र बायोएनटेक, मोडेर्ना, स्पुत्निक भी र एस्ट्राजेनेका र अक्सफर्ड खोप समेत आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Techie