चिनियाँ राजदूतलाई देश निकाला गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । चिनियाँ राजदूतलाई देश निकाला गर्न माग गर्दै मंगलबार प्रर्दशन भएको छ । दुतावासकै अगाडी चिनियाँ राजदूत होउ यान्छीलाई देश निकाला गर्नु पर्ने मागसहित स्वतन्त्र युवा समूहले पर्दशन गरेका हुन् । राजदुत यान्छीले नेपालको आन्तरिक राजनितीमा अनावश्यक हस्तक्षेप गरेकाले स्विकार्य नहुने भन्दै देश निकाला गर्नुपर्ने प्रदर्शनमा सहभागी युवाहरुको माग रहेको छ ।

नेकपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको बेलामा कुटनीतिक मर्यादा बिपरीत चिनियाँ राजदूत होउ यान्छीको भेटवार्ता सान्र्दभिक नभएको सहभागीहरुको भनाइ छ ।
पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छी नेकपाका शीर्ष नेताहरुसँगको भेटवार्तामा सक्रिय छिन् ।

तपाईको प्रतिक्रिया

Techie