“चालू आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य हासिल गर्न कठिन”

काठमाडौं : राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य हासिल गर्न कठिन रहेको जनाएको छ । बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज आचार्यले आयोजना कार्यान्वयन, न्यून पूजीगत खर्च र गैरबजेटरी खर्च पूर्णरूपमा समाधान हुन नसक्दा लक्ष्य हासिल गर्न चुनौती देखिएको बताएका हुन् । उनले हालसम्म पूँजीगत खर्च सन्तोषजनक हुन नसकेको पनि बताए । कँडेलले देशको दीर्घकालीन विकासको खाका तयार पार्न र पुँजीगत खर्च हुन नसकेको समस्या समाधान गर्न परियोजना बैंक आावश्यक भएको समेत बताए ।

बैठकमा समितिका सदस्यहरुले प्राथमिकताका आधारमा आयोजना छनोट हुन नसकेका कारण चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजीगत खर्च सोचेजस्तो हुन नसकेको बताए । अनावश्यक आयोजनालाई समेत राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको भन्दै सांसदहरु आपत्ती समेत जनाएका थिए ।

तपाईको प्रतिक्रिया

Techie