चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौ । गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा छुटेकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो। गायिका राउत सोमबार बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया

Techie