चाबहिल चोकमा जीर्ण विद्युत पोलका कारण दुर्घटनाको जोखिम बढ्यो

काठमाडौंको चाबहिल चोकमा जीर्ण विद्युत पोलका कारण दुर्घटनाको जोखिम बढेको छ । पोलकै कारण शनिवार दिउसो केही समय चाबहिल चोकमा यातायात समेत अबरुद्ध भएको छ । सडक विस्तारको क्रममा पुराना पोल ब्यवस्थित नगरिएकाले ब्यस्त चोकमा ठुलो जोखिम निम्तने अवस्था आएको स्थानीयको भनाइ छ ।

बर्षासँगै मर्मतको क्रममा रहेको सडक पनि जीर्ण भएको र पोल पनि जोखिममा रहेकाले पोल ढलेर जुनसुकै बेला पनि चोकमा ठुलो दुर्घटना हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीयले पोल ब्यवस्थापनका लागि विद्युत प्राधिकरणलाई आग्रह गरेपनि बेवास्ता गरेको आरोप लगाएका छन । उपत्यकामा पोलमा अब्यवस्थित रुपमा झुण्डाएका तारमा हुने आगलागी र जिर्ण पोलका कारण समय समयमा आगलागी र दुर्घटनाका घटना हुने गरेका छन । तर पोल र तार ब्यवस्थापनमा सरोकारवालाले चासो दिएका छैनन ।

तपाईको प्रतिक्रिया

Techie