चलचित्र हलहरुमा दर्शकको संख्या न्युन

पूर्वी नेपालमा करिव दश महिनापछि चलचित्र भवनहरु सञ्चालनमा आएपनि फिल्म हेर्ने दर्शक नगन्य मात्रामा पुग्ने गरेका छन । दर्शक नआएपछि पछिल्लो समय हलहरुले कलाकारको उपस्थितीमा फिल्म प्रदर्शन गर्न सुरु गरेका छन ।
दश महिना देखि वन्द रहेका चलचित्र हलहरु खुलेपनि प्ूर्वी नेपालमा दर्शकको संख्या नगन्य रहेको छ । कोरोनाका कारण गत वर्षको चैत्र देखि वन्द रहेका पुसको दोस्रो सातावाट सञ्चालनमा आएपनि दर्शक पाउन नसकेका हुन । लामो समयपछि फिल्महरु खुलेपनि दर्शक अपेक्षा गरे अनुसार अनाउदा चलचित्रकर्मी निरास रहेका छन । चलचित्र चलाउनका लागि हलमा कलाकारहरु समेत उपस्थित गराउन थालिएको छ । केही समयसम्म दर्शकहरुलाई आकर्षण गर्न यस्तो अभियान सञ्चालन गरिएपछि विस्तारै दर्शक आउने वातावरण वन्ने चलचित्रकर्मीको विश्वास छ ।

हलमा दर्शक आकर्षित गर्नका लागि चलभित्र निर्माता एवं नायक शिव श्रेष्ठ समेत सुनसरी पुगेका छन । कोरोना संक्रमणपछि माघ एक गतेवाट सञ्चालनमा आएको चलचित्र यस्तो प्रेम कहानीको प्रचारका लागि उनी इटहरी पुगेका हुन । कोरोनापछि सुस्ताएको चलचित्र बजारले विस्तारै गति लिने श्रेष्ठको विश्वास छ ।

चलचित्र निर्माण तथा प्रर्दशन नहुदा फिल्म हल समेत प्रभावित भएपनि सरकारी तर्फबाट कुनै किसिमको सहयोग नभएको फिल्म हल सञ्चालकहरुको गुनासो छ । सरकारले चलचित्र क्षेत्रलाई पहिलेको अवस्थामा ल्याउन व्याज छुट देखि दर्शकहरुलाई हल सम्म सुरक्षित रुपमा जाने वतारण वनाउनुपर्ने उनीहरुको भनाइ छ ।

लामो समय चलचित्र हल बन्द हुँदा थुप्रै मानिसले रोजगारी गुमाएका छन । हल सञ्चालनमा आएसँगै चलचित्र क्षेत्रमा गुमेको रोजगारी फर्कन र पुरानै अवस्थामा पुग्न भने समय लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie