मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनल मेसीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने भएका छन । युरोपेली संघको उच्च अदालतले नौ वर्ष लामो कानुनी लडाइँपछि मेसीले ट्रेडमार्क प्रयोग गर्नसक्ने फैसला सुनाएको हो । युरोपियन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली संघको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपिल खारेज गरेको हो । युरोपिअन कोर्ट अफ जस्टिसले दुईवटा ब्रान्डबीच मानिसहरूले फरक छुट्ट्याउन सक्ने वा नसक्ने कुरा गर्दा यी स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्नुपर्ने जनाएको छ । मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए । तर मास्सीले आफ्ना लोगोसँगको समानताका कारण मानिसहरू झुक्किन सक्ने तर्क गरेको थियो । मेसी विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने फुटबल खेलाडी हुन । सन् २०२० मा मेसीले १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको फोब्र्स म्यागेजिनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie