चन्द नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने विषयमा छलफल, मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रतिवन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा समूहको गतिविधिको समीक्षा भएको छ । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओलीले बोलाएको बैठकमा चन्द समूहको गतिविधिबारे समीक्षा र चन्द समूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले चन्द नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो । त्यसैका लागि आज सुरक्षा परिषदको बैठक बोलाएर छलफल गरिएको बताइएको छ । राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै सरकारले चन्द नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारले लगाएको थियो । गत शनिबार नेकपा महासचिव नेत्र विक्रम चन्दले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए । उनले वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie