क्यानोनिङको क्रेज बढ्दै

काठमाडौं: कास्कीको माछापुच्छ्रे गाउँपालिका नौ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ । कोरोना भाइरस संक्रमणपछि असोज एक गतेदेखि पर्यटकीय क्षेत्र खुला भएपछि क्यानोनिङ गर्नेहरु बढेका हुन । लकडाउन पछिको समयावधिमा घलेलमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन दश जनाको मात्रै अर्डर लिने गरिएको व्यवसायीको भनाइ छ । कोरोना कहरका कारण क्यानोनिङ पहिलाको अवस्थामा आउन केही समय लाग्ने व्यवसायीको भनाइ छ ।

क्यानोनिङका गर्न जानेहरुका लागि त्यहाँ स्यानीटाइर, मास्क र भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको छ । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie