घरबाट दही किन्न निस्किएकी युवतीमाथि एसिड प्रहार

काठमाडौं:  आज साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ ।

उनको अनुहारमा एसिड प्ररेको छ । उनलाई उपचाका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ ।

एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको भनाई ।

तपाईको प्रतिक्रिया

Techie