ग्वाटेमाला पहिरो: १ सय ५० जनाको मृत्यु

लगातारको वर्षाका कारण पहिरो जाँदा ग्वाटेमाला झण्डै १ सय ५० जनाको मृत्यु भएको छ । ग्वाटेमालाको मध्यक्षेत्र अल्टा भेरापाजको दूर्गम क्वीजा गाउँमा इटा आँधीपछि आएको भीषण वर्षाका कारण पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । राष्ट्रपति अलेजान्ड्रो जियाम्मटेईले कम्तिमा पनि एक सय जनाको मृत्यु भएको अनुमान गरिएको जानकारी दिएका हुन । एउटा मात्र हेलिकोप्टर भएका कारण उद्धारमा समस्या भएको उनको भनाइ छ । खराब मौसमका कारण पहिरो गएको क्षेत्रमा उद्धार गर्न समस्या भएको बताइएको छ । ग्वाटेमालाको सेना भने दूर्गम क्षेत्र क्वीजा पुगेको छ । वर्षाका कारण होण्डुरसमा कम्तिमा पनि १० जनाको मृत्यु भएको बताइएको छ । बर्षा र पहिरोपछि ग्वाटेमालाका अधिकांश राज्यमा आपतकाल अवस्थाको घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie