गोरु काटेर खाएको आरोपमा पाल्पामा ३ जना पक्राउ

पाल्पा : पाल्पाको रामपुर १० वरभञ्ज्याङ्ग बाट गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । स्थानीय वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका प्रेम सुनार, दामोदर सुनार र नारायण सुनार पक्राउ परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie