गोंगबुमा एक पुरुषको हत्या, सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला

काठमाडौं : राजधानीको गोंगबुस्थित गणेशस्थानमा आज विहान हत्यापछि सुटकेशमा हालेर फालेको अवस्थामा शव फेला परेको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

रगतले लतपतिएको अवस्थामा रहेको सुटकेश खोलेर हेर्दा टाउको नभएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सुटकेशको दुई सय मिटर पर टाउको फेला परेको छ । सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा विभत्स तरिकाले हत्या भएको देखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie