गुल्मी जिल्ला अदालतले गर्‍यो प्रदेश ५ मा सबैभन्दा बढि मुद्दा फर्छयौट

गुल्मी : गुल्मी जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छयौट गरी यस पटक प्रदेश ५ अन्तर्गत सबै भन्दा बढी मुद्दा फर्छयौट गर्ने जिल्ला भएको छ । संचारकर्मीहरुसँगको अन्तरक्रियामा जिल्ला न्यायाधीश कृष्ण पौडेलले अदालतबाट भएगरेका मुद्दा तथा अन्य व्यवस्थापकीय काम तथा लक्ष्य प्रगति विबरण सार्वजनिक गर्दै गुल्मी सबै भन्दा बढी मुद्दा फर्छयौट गर्ने जिल्ला भएको बताएका हुन् ।

कार्यक्रममा यस आर्थिक वर्षको माघ ६ गतेसम्म १ सय ९० थान नयाँ मुद्दा दर्ता हुन आएकोमा १ सय १८ थान मुद्धा सम्बन्ध विच्छेदका मात्र रहेको बताइएको छ । सम्बन्ध विच्छेदका मुद्दाहरु मध्ये ३३ थान मुद्दा पुरुष वादी भई दर्ता भएका छन् । अदालतमा रहेका ४३ थान थुनुवा मुद्दामा १५ थान मुद्दा फर्छयौट गरिएको, विषेश प्रकृतिका निवेदन अन्तरगत मृत्युको न्यायीक घोषणा २५ थान दर्ता भएकोमा १५ थान निवेदन फर्छयौट गरिएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले जानकारी दिए ।

अदालतले असहाय तथा थुनुवा मुद्दाहरुमा वैतनिक कानुन व्यवसायी नियुक्तिगरि असाहाय तथा थुनुवाको तर्फवाट निशुल्क रुपमा वकपत्र तथा वहस पैरवी र प्रतिरक्षा लगायतका कामहरुलाई निरन्तरता दिएको बताए ।

तपाईको प्रतिक्रिया

Techie