गुल्मीमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान चन्द्रकोट गाउँपालिका अन्र्तगत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्र्तगत दोभान नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि चालक सहित अन्य सात जना घाईते भएका छन् । प्रहरीका अनुसार उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पु¥याइएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत हुन नसकेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताए । दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, ससस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie