गुलमीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

कोरोना संक्रमण भएको आशंकाले उनको शव व्यवस्थापनमा चुनौती देखिएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । परियार अरू छ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा तीस जना थिए ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२४ बैशाख २०७७, बुधबार १३:३७ २४ बैशाख २०७७, बुधबार १३:३७

काठमाडौं : सरकारले…

४ जेष्ठ २०७७, आईतवार १०:५० ४ जेष्ठ २०७७, आईतवार १०:५०

बाँके : बाँकेको…

१८ श्रावण २०७७, आईतवार १६:२६ १८ श्रावण २०७७, आईतवार १६:२६

काठमाडौं : कोरोना…

Techie