गुर्जुधारामा पुर्ननिर्मित गणेश मन्दिरको समुद्घाटन

काठमाडौ । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ स्थित गुर्जुधारामा गणेश मन्दिर पुर्ननिर्माण सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा स्थानिय उपभोक्ता मार्फत पुर्ननिमाण गरिएको मन्दिरको मंगलबार चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले समुद्घाटन गरेका छन् । पुजाआजा तथा होम सहित मन्दिर शुभारम्भ गरिएको कार्यक्रममा स्थानिय नेता समाजसेबी तथा सर्बसाधारणको पनि उपस्थिति रहेको थियो । मन्दिर संचालनमा आएपछि धार्मिक तथा सांस्कृतिक सहिष्णुता र एकतामा थप मजबुति आउने सहभागीहरुको बिश्वास रहेको छ ।

 

तपाईको प्रतिक्रिया

Techie