‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ योग दिवस मनाइँदै

काठमाडौं : ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय पाँच वर्षअघि नै गरिसकेको छ ।

यसैबीच योग दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज हुने उल्लेख गरेका छन् ।

नेपालमा २ हजार ७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आए पनि यस वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट दिवस मनाइने भएको छ ।

तपाईको प्रतिक्रिया

Techie