गरिब विद्यार्थी लक्षित निःशुल्क एसईई कोचिङ कक्षा समापन

दोलखा : नेपाल विद्यार्थी संघ दोलखाले वर्षेनी सञ्चालन गर्दै आएको एसईई कोचिङ कक्षा अन्तर्गत यस वर्षको निःशुल्क कोचिङ कक्षा समापन भएको छ । १० वर्षे शसस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले तरुण दल जिरीका नेता हेमन्त प्रधानको निर्मम पूर्वक हत्या गरेपछि उनको सम्झनामा नेविसंघले वर्षेनी कोचिङ कक्षा सञ्चालन गर्दै आएको हो ।

निःशुल्क एसईई कोचिङ कक्षा विशेष गरी आर्थिक स्थिति कमजोर, गरिब जेहेन्दार भएका विद्यार्थीहरुका लागि लक्षित रहेको छ । अँग्रेजी, गणित र विज्ञानको पढाई भएको यस वर्षको निःशुल्क कोचिङमा एक सय २० जना विद्यार्थी सहभागी थिए ।

२०६२ सालदेखि निरन्तर १४ वर्षसम्म सञ्चाल हुँदै आएको कोचिङ कक्षामा यो वर्षसम्म १० हजार विद्यार्थीले सहभागी जनाइसकेको नेविसंघ दोलखाले जनाएको छ । कोचिङ कक्षाको समापन कार्यक्रममा निःशुल्क एसईई कोचिङ कक्षाका शिक्षक र विद्यार्थी नेताहरुलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा कांग्रेस दोलखाका नेताहरु ईश्वर नारायण मानन्धर, राकेश श्रेष्ठ, बाबुकाजी बस्नेत, बालकृष्ण आचार्य, गिता शिवाकोटी, दीपशंकर चौलागाईं, राजन बस्नेत, राजेन्द्र श्रेष्ठ, शेरफ मोक्तान लगाएतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

Techie