गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार प्रदेशका दुई जिल्लामा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु पूर्वी नवलपरासी र पर्वतका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । त्यस्तै गुल्मीमा आज थप १० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा आठ महिनाको शिशु पनि रहेका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ नगरपालिकाका ९ जना र सत्यवति गाउँपालिकाका एक जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ । गुल्मीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, अर्घाखाँचीमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाका वासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया

Techie