गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखामा १० जना, स्याङजामा ४ जना, नवलपुरमा २ जना र कास्की र बागलुङमा एक एक जनामा कोरोना पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा करिब ३ सय जनाको परीक्षण हुदाँ १८ जनामा संक्रमण देखिएको हो ।

गोरखाको गोरखा नगरपालिकाका २१ देखी ५३ वर्ष सम्मका ७ जना पुरुष र ३१ वर्षकी १ जना महिलामा संक्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिका १८ बर्षिय पुरुष र मध्यविन्दु नगरपालिकाका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ बर्षिय १ जना पुरुषमा कोरोना देखीएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय २३ पुगेको छ । अहिले सम्म गण्डकीमा १६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie