गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ । यस्तै चितवनमा पनि पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको माडी नगरपालिकाका चार जना पुरुष र रत्ननगर नगरपालिकाका एक जना मा महिलामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Techie