खोलाको बगरलाई खेतीपातीमा उपयोग गर्दै किसान

मोरङ । खोलाको बगरलाई उपयोग गरि मोरङमा खरबुजा तथा विभिन्न तरकारी खेती गरिएको छ । रंगेली नगरपालिका ४की सिधना मण्डलले खेती गर्नका लागि वगरको जग्गा भाडामा लिएकी छन् । मौसममा आउने समस्यालाई पन्छाउँदै आम्दानी गर्न सफल भएकी छन् ।

गर्मी मौसममा शितलता प्रदान गर्ने फलको नाम हो खरबुजा । तराइमा चैत महिना देखि असार महिनासम्म अत्यधिक गर्मी समय मानिन्छ । यहि गर्मी मौसमलाई ध्यान दिदै मोरङको रंगेली नगरपालिका बडा नम्बर ४ का सिघन मंण्डलले बिगत ४ वर्ष देखि खरबुजा खेति गर्दै आएका छन् । बक्राह र चिस्याङ खोलाको बगरमा मण्डलले खरबुजाको खेती गर्दे आएका छन । पुस महिना देखि जेठ महिनासम्म खेत ठेक्कामा लिएर उनले खर्भुजा खेति गर्दै आएका हुन् । मंण्डलले एक बिघा खेतमा डेढ किलो खर्भुजाको बीउ लाग्ने गरेको बताउँछन् । उक्त बीउ को बजार मूल्य प्रति केजि २० हजार रुपैयाँ पर्ने उनको भनाई छ । यो बर्ष गर्मी केही कम भएको हुनाले आम्दानी कम हुने हो कि भन्ने चिन्ता मंडलललाई छ।

खर्भुजा खेती गर्न धेरै मेहनत लाग्ने ,लगानीसमेत बढी लाग्ने र मेहेनत अनुसार खरबुजा नफलेको बताउछन् अर्का कृषक सुधिर मण्डल ।

केही साता आगाडी असिना पानी आएर धेरै खरभुजामा क्षति पुगेकोले सोचेजस्तो आम्दानी नहुने हो कि भन्ने चिन्ता पनि उनलाई लागेको छ । स्थानीय तहबाट कृषि कर्मका लागि प्रोत्सहान हुनुपर्ने उनको भनाई छ । उनले बलौटे खेतमा कांक्रा, फर्सी, लौका , करेलासमेतको खेती गरेकी छन् । उत्पादित खर्भुजा तथा तरकारी रंगेली दोमहाना, कर्सिया, बिराटनगर , ईटहरी ,दुहबी , धरान लगायतका बजारमा विक्रीका लागि लैजाने गरिएको छ ।

 हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

Techie