खोप सकिएपछि काठमाडौंमा रोकियो जोन्सनको खोप अभियान

काठमाडौ । काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई खोप लगाउन शुरु गरिएको पहिलो दिनमै जोन्सन एन्ड जोन्सन खोप सकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खोप सकिएपछि बिहीबारदेखि जोन्सनको खोप अभियान पनि रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पहिलो दिनमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए । भेरोसेल खोप लगाउने कार्य चाहिँ निरन्तर रहने पराजुलीले जनाए । प्रशासनले बुधबारदेखि १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो । ललितपुर र भक्तपुरमा भने खोप लगाउने कार्य जारी छ । जोन्सन खोप सकिएपनि चीनबाट भेरोसेल आउने भएपछि भेरोसेल अभियानलाई भने निरन्तरता दिइने भएको छ ।

तपाईको प्रतिक्रिया

Techie