खोकनामा रोपाइँ : प्रहरीको अवरोधकाबीच किसानले धान रोप्दै (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

ललितपुर : ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच विवाद भएको छ । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले आज रोपाइ गर्न खोजेपछि विवाद भएको हो ।

स्थानीयलाई रोपाइँ गर्न प्रहरीले रोकेपछि केही समय खोकना क्षेत्रमा तनाव भएको थियो । तर विवादकाबीच किसानहरुले रोपाइँ शुरु गरेका छन् । सरकारले अधिग्रहण गरिसकेको जग्गामा खनजोत र रोपाइँ गर्न खोजिएकाले रोकिएको प्रहरीले जनाएको छ । किसानहरुले भने अधिग्रहण गरेपनि मुआब्जा नपाएको बताएका छन् ।

पैसा नपाएकोले किसानले आफ्नो जमिन खनजोत गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले प्रहरी बिरुद्ध नारावाजी समेत गरेका छन् । द्रुतमार्ग अन्र्तगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie