खोकनामा रोपाइँ गर्न पुगे किसान (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : ललितपुरको खोकनामा पछिल्लो समय जग्गाको विषयमा विवाद हुँदै आएको छ । सरकारले अधिग्रहण गरिसकेको जग्गामा खनजोत र रोपाइँ गर्न नपाइने भन्दै प्रहरीले किसानलाई रोपाइँ गर्दा अवरोध गर्ने गरेको छ । तर किसानहरु प्रहरीको अवरोधकाबीच रोपाइँ गर्दै आएका छन् ।

यसअघि स्थानीयलाई रोपाइँ गर्न प्रहरीले रोकेपछि केही समय खोकना क्षेत्रमा तनाव भएको थियो । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले रोपाइँ गर्न खोजेको भन्दै प्रहरीले अवरोध गरेपछि झडपसमते भएको थियो ।

आज पनि किसानहरु खोकनामा रोपाइँ गर्न पुगेका छन् । आज भने प्रहरीले अवरोध गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

Techie