खेल क्षेत्रको बिकास र बिस्तारका लागि सरकार प्रतिवद्ध : खेलकुद मन्त्री

काठमाडौ । युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रको बिकास र बिस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन । मंगलबार राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ले गरेको स्वागत कार्यक्रममा उनले खेलमा रहेका समस्या सरोकारवालासँगको समन्वयमा समाधान गरिने बताएका हुन । खेल क्षेत्रका विद्यमान समस्या समाधानका लागि छिट्टै सरोकारवालासँग छलफल गर्ने पनि मन्त्री तामाङले बताए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याए । चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धि गर्न पनि उनले आग्रह गरे ।
सदस्य सचिव सिलवालले कोरोना भाइरस संक्रमणका कारण नवौं राष्ट्रिय खेलकुल पछि सार्नुपरेपनि अन्य खेल गतिविधिले विस्तारै गति लिन लागेको जानकारी पनि दिए । कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie