खुमलटारद्वारा ब्वाइज युनियन ३–० गोलले पराजित

काठमाडौंः उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ । खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरे । यस्तै आयुस घलानले एक गोल गरे । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie