क्वारेन्टीनमा बसेका युवकद्धारा झुण्डिएर आत्महत्या

काठमाडौ । रुपन्देहीको देवदहमा क्वारेन्टीनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।भदौ १७ गते भारतबाट आएर देवदहस्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टीनमा बसेका सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले क्वारेन्टीनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि उनको रिपोर्ट आएको थिएन । आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

Techie