क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो भने अन्य २ जना घाईते भएका छन् । मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य २ जना घाईते भएको र घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि कवित कटुवालले जानकारी दिए ।८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको हो ।

अहिले उक्त सडक मार्गको जाम खुलाउन प्रयत्न भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie