क्राइस्ट चर्चका दुई मस्जिदमा आक्रमणमा संलग्न युवकलाई जन्मकैदको फैसला

न्यूजिल्याण्डको क्राइस्ट चर्चका दुई मस्जिदमा आक्रमणमा संलग्न युवकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । क्राइस्ट चर्चका दुई मस्जिदमा एकाउन्न जनाको ज्यान लिने गरी आक्रमणमा सग्लन उनान्तिस बर्षिय ब्रेन्टन ट्यारेन्टलाई चार दिन लामो सुनुवाईपछि जन्मकैदको फैसला भएको हो । न्यूजिल्याण्डको इतिहासमा यस्तो सजाय पाउने उनी पहिलो व्यक्ति हुन । हत्या प्रयासका चालिस तथा एउटा आतंकवादको मुद्दामा उनी दोषि ठहर भएका छन । सन दुई हजार उन्नाइसको मार्चमा उनले दुई मस्जिदमा आक्रमण गरेर मुस्लिमहरुको हत्या गरेका थिए । हत्यामा सग्लन युवक अस्ट्रेलियाको न्यू साउथ वेल्सका स्थायी बासिन्दा हुन् । उनले लाइभ गर्दै मस्जिदमा गोली चलाएका थिए । सो घटनापछि न्यूजिल्याण्डले बन्दुक सम्बन्धी कानून कडा बनाएको थियो ।

तपाईको प्रतिक्रिया

Techie