राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र क्यानडाका सभामुख फ्युरीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो । भेटका क्रममा क्यानडाको सिनेटका सभामुख फ्युरीले नेपालको विकासका लागि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रिय सभाका सचिब राजेन्द्र फुयाँलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie