कोलकता नाइट राइडर्सद्वारा किङ्स इलाभेन पन्जाब २ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकता नाइट राइडर्सले चौथो जित निकालेको छ ।आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकताले चौंथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन आवश्यक थियो । तर, पन्जाबले अन्तिम ओभरमा थप एक विकेट गुमाएर मात्र ११ रन मात्र बनायो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकताले ६ खेलमा ८ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया

Techie